सङ्क्रमण बढेपछि तनहुँ प्रशासनद्वारा आलोपालो सेवा
गोरखापत्र अनलाइन
माघ १२, २०७८ बुधबार
कोरोना सङ्क्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालयले बार अनुसारको सेवा प्रवाह गर्ने व्यवस्था गरेको छ । कोभिड सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि दिनअनुसार सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।