निर्वाचन तयारी : तनहुँमा सम्पर्क व्यक्ति तोकिए
गोरखापत्र अनलाइन
माघ २६, २०७८ बुधबार
जिल्ला निर्वाचन कार्यालय तनहुँले १० वटै स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोकेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सहयोग र समन्वय गर्न एक–एकजना सम्पर्क व्यक्ति तोकिएको कार्यालयले जनाएको छ ।
नामावली सङ्कलन तथा अद्यावधिक, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम र सूचना तथा सन्देश सम्प्रेषण गर्ने लगायत कार्यका लागि सम्पर्क व्यक्ति तोकिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो ।