बाढी प्रभावितलाई लमजुङ समाज युकेको सहयोग
गोरखापत्र अनलाइन
मंसिर ५, २०७८ आईतवार
लमजुङको दोर्दी गाउँपालिका ८, बन्सार हिलेबजारका बाढी प्रभावितलाई लमजुङ समाज युकेले सहयोग गरेको छ । लमजुङ घर भई बेलायतमा बसोबास गर्दैआएका आबद्ध रहेको समाजले बाढी प्रभावित क्षेत्रमा तटबन्ध निर्माणका लागि १४ लाख १६ हजार ४२ रुपियाँ सहयोग प्रदान गरेको हो ।