कर्णाली करिडोरको प्रवेशद्वार खुलालुमा पुल निर्माण, आउजाउमा सहज
गोरखापत्र अनलाइन
माघ ६, २०७८ बिहीबार
१२ वर्ष अघि दुई पटक शिलान्यास भएको कालीकोटको खुलालु पुल निर्माण सकिएसँगै आउजाउमा पनि सहज भएको छ ।
पुल निमार्ण पछि रंगिएर सुन्दर पनि देखिन थालेको छ । कर्णाली करिडोरको प्रवेश द्वारका रुपमा रहेको खुलालु पुल वनेसँगै रङरोगन समेत भएपछि जो कोहीको पनि मन लोभ्याउन थालेको हो ।
स्टिल ट्रस्टसहितको ७५ मिटर लामो खुलालुको पुल बनेर गाडी गुडिरहेका छन । औपचारिक रुपमा उद्घटन नभएपनि पुलमा गाडी चलाउन सुरु भईसकेको छ । पुल रंगिएको छ । जो...