विद्यालयमा बालबालिकालाई दुना–टपरी बनाउन सिकाइँदै
गोरखापत्र अनलाइन
माघ २२, २०७८ शनिबार
पश्चिम नवलपरासी सुनवलको एउटा विद्यालयले बालबालिकालाई जिवन उपयोगी शिक्षा प्रदान गर्ने भन्दै दुना–टपरी बनाउन सिकाएको छ । सुनवल नगरपालिका ४, स्थित लोटस बोर्डिङ हाई स्कुलले कक्षा ७, ८ र ९ का बालबालिका लाई ब्यवहारिक शिक्षा दिने भन्दै दुना टपरी बनाउन सिकाएको लोटस बोर्डिङ हाई स्कुलका प्रधानाध्यापक नरिश्वर पौडेलले बताउनुभयो ।