प्रदेश सभा सञ्चालन र बजेट हेरफेरबारे छलफल
गोरखापत्र अनलाइन
माघ १७, २०७८ सोमबार
कर्णाली प्रदेशको चालु आर्थिक वर्षको बजेट हेरफेर र प्रभावकारी रुपमा प्रदेश सभा सञ्चालनका लागि छलफल भएको छ । यसका लागि प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । प्रदेश सभालाई प्रभावकारी बनाउन र बजेटमा देखिएका कमजोरी सच्याउन सुझाव दिनेगरी गठन गरेर छलफल अघि बढाइएको हो । कार्यदलमा नेकपा (एमाले) का प्रमुख सचेतक गुलाबजंग शाह र नेकपा एकीकृत समाजबादी संसदीय दलका नेता चन्द्रबहादुर...