भारतबाट फर्केकामध्ये २२७ जनामा कोरोना संक्रमण पुष्टि
गोरखापत्र अनलाइन
पुष २९, २०७८ बिहीबार
सुदूरपश्चिमको विभिन्न नाका भएर बिहीबार भारतबाट स्वदेश फर्केकामध्ये २२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट नाकाबाट फर्किएका दुई हजार ७० जनामध्ये एक हजार ९३१ जनाको नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्दा २२७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।