बुधबारसम्ममा छाङरुमा बीओपी बनाइने, २५ सशस्त्र प्रहरी खटाइँदै
गोरखापत्र अनलाइन ,
बैशाख २९, २०७७ सोमबार
भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसँग सीमाना जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले तत्काल व्यासकाे छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने भएको छ । बुधबारसम्म कालापानी क्षेत्र छाङरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको डिएसपी डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो ।