logo
२०८१ चैत्र १४ शुक्रवार



सुनसरीमा थप ३७ जनामा कोरोना पुष्टी

प्रदेश |


सुनसरीमा थप ३७ जनामा कोरोना पुष्टी
सांकेतिक तस्बिर


जयकृष्ण यादव

इनरुवा, भदौ २३ गते । सुनसरीमा मंगलबार ३७ जनामा कोरोना पुष्टी भएको छ । यसमा सबै भन्दा बढी इटहरी उपमहानगरपालिकामा मात्रै २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै इटहरीमा संक्रमितको संख्या २ सय ६८ पुगेको छ ।

संक्रमितहरू मध्यो १९ गते गरिएको स्वा परिक्षणबाट वडा नम्बर १ का २ महिला, ८ का १ महिला र १ पुरूष, ११ का ४ महिला र २ पुरूष, १२ का ३ महिला र ४ पुरूष, १३ का १ महिला र प्रदेश ल्याबमा आफै गएर परिक्षण गराउने वडा नं १ का १ महिला र एक पुरूषमा संक्रमण देखिएको उपमहानगरका प्रेस संयोजक लिलाराज भट्टराइले बताउनुभयो ।

उता स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार यो समाचार तयार पारुन्जेल कोशी गाउँपालिकामा २ महिला १ पुरुष सहित ३ जना, इनरुवामा १ जना पुरुष, रामधुनी नगरपालिकामा १ जना पुरुष, दुहबी नगरपालिकामा ८ जना पुरुष, ४ जना महिला गरी १२ जना, धरान उपमहानगरपालिकामा २ जना पुरुष र इटहरी उपमहानगरमा गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७५ पुगेको छ । अहिले सम्म सुनसरीमा ४ सय २२ जना निको भएका छन् भने अहिले जिल्लामा ६ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म सुनसरीमा ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?