logo
२०८१ चैत्र १४ शुक्रवार



सप्तरीमा २४ जनालाई संक्रमण, कुल नौसय ४० पुग्यो

प्रदेश |


सप्तरीमा २४ जनालाई संक्रमण, कुल नौसय ४० पुग्यो



धीरेन्द्रप्रसाद साह
राजविराज, भदौ २३ गते । सप्तरीमा एकैदिन आठ महिलासहित २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कुल संक्रमतिको संख्या ९४० पुगेको छ ।
संक्रमितमध्ये राजविराज कारागार, करदाता सेवा केन्द्रका एक÷एक जना कर्मचारी, राजविराज नगरपालिका वार्ड नम्बर ११ का तीन, हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ८ का एक, वार्ड नम्बर ७ का नौ र वार्ड नम्बर ९ का नौ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो । राजविराज नगरपालिका, हनुमाननगर कंकालीन वार्ड नम्बर ७ र ९ का एकै परिवारका संक्रमति रहेको उहाँले बताउनुभयो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल कोभिड–१९ को प्रयोगशालाले सार्वजनिक गरिएको रिपोर्टमा सप्तरी कारागारका २३ वर्षीया महिला, करदाता सेवा केन्द्रका उमेर नखुलेका एक पुरुष, राजविराज नगरपालिका वार्ड नम्बर ११ का २५, १५, ५५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ८ का २५ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २८, २८, २४, ४, २५ वर्षीय पुरुष, १६, २५, ७५, ८ वर्षीया महिला, वार्ड नम्बर ९ का ६६, ४१, १२, ७, ५, ३ वर्षीय पुरुष, र ३६, १७, २८ वर्षीया महिलामा कोरोना रिपोर्ट पोजेटिभ भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर राउतले जानकारी दिनुभयो ।
जिल्लामा मंगलबारसम्म ६७९ जना संक्रमति निको भएर घर फर्किसकेका छन् भने आठ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?