logo
२०८१ चैत्र ५ बुधवार



बाँकेमा मङ्गलबार १६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए

प्रदेश |


बाँकेमा मङ्गलबार १६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए


सिराज खान

नेपालगञ्ज, भदौ १६ गते । बाँके जिल्लाका विभिन्न आइसोलेसनमा रहेका सात महिलासहित १६ जना सङ्क्रमित निको भएर मङ्गलबार घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय, बाँकेका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भदौ २ गते कोरोना सङ्क्रमण देखिएपछि आइसोलेसनमा रहेका उनीहरू मङ्गलबार डिस्चार्ज भई घर फर्किएको बताउनुभयो ।

उहाँले हालसम्म बाँके जिल्लामा एक हजार ४३ जनामा सङ्क्रमण देखिएकोमा ७४६ जना डिस्चार्ज भई घर फर्किसकेको बताउनुभयो । जिल्लामा कोरोनाबाट मर्नेहरूको सङ्ख्या छ पुगेको छ ।

अझैपनि विभिन्न आइसोलेसनमा २९१ जना सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार मात्रै जिल्लामा ४१ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

जिल्लामा कोरोना सङ्क्रमित निको हुने क्रम बढ्दै गएको कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार बाँकेमा बिरामी निको हुने दर ७२ दशमलब ५२ प्रतिशत रहेको छ । सङ्क्रमण मुक्त हुनेको तुलनामा बाँकेमा बिरामीको मृत्युदर ० दशमलव ५८ प्रतिशत रहेको छ भने जिल्लामा रोग प्रकोप दर ० दशमलव १७ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?