logo
२०८१ चैत्र ४ मंगलवार



डडेल्धुरा परीक्षणमा ५७ मध्ये घोडाघोडीका ३१ जनामा कोरोना पोजिटिभ

प्रदेश |


डडेल्धुरा परीक्षणमा ५७ मध्ये घोडाघोडीका ३१ जनामा कोरोना पोजिटिभ



चाँदनी आचार्य
लम्की (कैलाली), भदौ ८ गते । कैलालीको घोडाघोडी नगरपालिकामा सोमबार ३१ जना नयाँ कोराना सङ्क्रमित थपिएका छन् । डडेल्धुरा अस्पतालको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा सबैभन्दा बढी घोडाघोडी नगरपालिकामा कोरोना पोजिटिभको सङ्ख्या रहेको छ ।
डडेल्धुरा अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी भूसालका अनुसार सोमबार गरिएका नयाँ एक हजार १०६ नमूनाहरूमध्ये ५७ नतिजा पोजिटिभ रहेको छ ।

पोजिटिभ ५७ मध्ये सबैभन्दा बढी घोडाघोडी नगरपालिका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगङ्गा नगरपालिकाका सात जना, जानकी गाउँपालिकाका एक जना रहेका छन् । त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका आठ जना र महाकाली नगरपालिकाका एक जना रहेका छन् ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा २८५ जनाको स्वाब परीक्षणका लागि पठाएको जानकारी गराँउदै घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाशकुमार रावतले १४ महिला र १७ पुरुष गरी ३१ जना नयाँ सङ्क्रमित थपिएको बताउनुभयो ।

योसँगै उक्त नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सोमबारको परीक्षणमा कोरोना पोजिटिभ देखिनेमा वडा नम्बर १ का चार जना, वडा नम्बर २ का तीन जना वडा नम्बर ५ का २ जना र वडा नम्बर १० का २२ जना रहेको जनाइएको छ । यता सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको परीक्षणमा समेत ५७ जनामा कोरोना पोजिटिभ देखिएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले सुदूरपश्चिमका विभिन्न जिल्लाका २१ महिला र ३६ पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?