logo
२०८१ चैत्र १ शनिवार



बिरामी भर्ना लिँदैनन् अस्पताल

प्रदेश |


बिरामी भर्ना लिँदैनन् अस्पताल
सांकेतिक तस्बिर


दीपकप्रसाद गौतम

वीरगञ्ज, साउन २५ गते । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा शङ्कास्पद कोभिड सङ्क्रमितको रुपमा उपचाररत एक महिलाको निधन भएको छ ।
कोभिड विशेष अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले अस्पतालमा उपचारको क्रममा रहेकी २० वर्षीया महिलाको शनिबार बिहानका राति मृत्यु भएको जानकारी दिनुभयो ।
वीरगञ्ज–२ छपकैयाकी ती महिलाको मृत्युपछि स्वाबको नमुना सङ्कलन गरिएको छ ।
चार–पाँच दिनदेखि ज्वरो, रुघाखोकीले सिकिस्त बनेकी ती महिलालाई उपचारका लागि अस्पताल लैजान नै ढिलो भएको थियो । तर अस्पताल पु¥याएपछि पनि चिकित्सकले हेर्न र भर्ना गर्न नमानेपछि उपचारमा झनै ढिलो भयो ।
अस्पतालले बिरामी लिन र उपचार गर्न नमानेपछि विभिन्न अस्पताल घुमाउँदा घुमाउँदै महिलाको निधन भएको हो । सिकिस्त भएकी ती महिलालाई उपचारको लागि एउटा अस्पतालदेखि अर्को अस्पताल लैजाँदा लैजाँदै गर्दा समयमा उपचार हुन नपाई मृत्यु भएको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंहले बताउनुभयो ।
शुक्रबार बिरामीलाई वीरगञ्जका एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताल र नेशनल मेडिकल लगिएको थियो तर कुनैले पनि बिरामी भर्ना गरी उपचार गर्न नमानेको मृतक महिलाका आफन्तले बताउनुभयो ।
निजी अस्पताल मात्र नभई सरकारी अस्पताल नारायणी अस्पतालका ड्युटीमा रहेका स्वास्थ्यकर्मीले समेत बिरामी महिलाको उपचार गर्न नमानेपछि उनीहरूकै सुझाव अनुसार अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको थियो । तर त्यहाँ कोरोना सङ्क्रमितको मात्र उपचार गरिने भन्दै फर्काएपछि नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंहको सिफारिसमा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा ती महिलाको उपचार सुरु गरिएको थियो ।
बिरामी सिकिस्त देखिए कुनै पनि अस्पतालले भर्ना नलिने भएकाले बिरामीलाई एउटा अस्पतालदेखि अर्को अस्पताल लैजाँदैमा बिरामीको स्वास्थ्य अवस्था अझ बिग्रिएर मृत्युसम्म हुने गरेको छ ।
शुक्रबार पनि वीरगञ्ज–३, छपकैयाका मधुमेह तथा दम रोगका दीर्घ रोगी रहेका ७४ वर्षीय वृद्धको स्वास्थ्य स्थिति जटिल बनेपछि वीरगञ्जका विभिन्न निजी अस्पताल घुमाउँदै अन्त्यमा कोभिड विशेष अस्पतालमा राति १ बजे पु¥याइएको थियो । तर साढे १ बजेतिर वृद्धको मृत्यु भयो ।
जिल्ला प्रशासन कार्यालयले निजी अस्पतालले बिरामीको उपचार नगरेको गुनासो आएको जनाउदै अब उप्रान्त बिरामी उपचार नगरी त्यसै फर्काएको पाइए सम्बन्धित अस्पताललाई कारवाही गरिने सूचना बिहीबार जारी गरेको थियो ।
पछिल्लो समयमा वीरगञ्जमा बिरामी अस्पतालसम्म लैजान एम्बुलेन्सहरू नै नपाइने भएपछि ईरिक्सा÷सिटी, अटोरिक्सामा राखेर बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?