आइतबार मृत्यु भएका वृद्धमा सङ्क्रमण पुष्टि, उपचाररत चारको अवस्था गम्भीर
गोरखापत्र अनलाइन ,
श्रावण ११, २०७७ आईतवार
वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्र्तगतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा आईतबार बिहान मृत्यु भएका ६५ वर्षिय वृद्धमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा बसोवास गर्दै आएका ६५ वर्षका वृद्धको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा आईतबार बिहान मृत्यु भएको र आईतबार साँझ आएको पिसिआर रिर्पोटमा कोरोना संक्रमण देखिएको डा. निरजकुमार...