logo
२०८१ मंसिर १३ बिहीवार



पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

प्रदेश |


पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग


अर्जुन काफ्ले

स्याङ्जा, साउन ६ गते । पहिरोमा पुरिएर मृत्यु भएका पाँच परिवारलाई मंगलबार नगद सहयोग प्रदान गरिएको छ। गत असार ३० गते कालिगण्डकी ४ खहरेमा निधन भएका तीन तथा बेपत्ता एक गरी चार जनाको परिवार र गल्याङ नगरपालिका ९ असार १३ गते निधन भएका एक जनाको परिवारलाई राहत प्रदान गरिएको हो ।

गत असार ३० गते पहिरोमा पुरिएर कालिगण्डकी ४ मा पूर्व विर्घा गाविस अध्यक्ष इमान सिंह राना, जीमान सिंह थापा, टिकाबहादुर थापाको मृत्यु भएको थियो भने प्रेमचन्द्र पाण्डे बेपत्ता रहनु भएको छ ।

पहिरोले पुरिएका तीन जनाको शव फेला परेपनि एक जनाको शव भने घटनाको आठ दिन सम्म फेला पर्न सकेको छैन् ।  यस्तै असार १३ गते गल्याङ ९ साङलियाका यम बहादुर बिक घर भत्किदा पुरिनु भएको थियो । 

प्राकृतिक विपतमा परेर निधन भएका परिवारलाई गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान पुगेर राहत प्रदान गर्नु भएको हो ।  मन्त्री चुमानले केन्द्रको एक लाख र प्रदेश सरकारको ५० हजार गरी कालिगण्डकी ४ खहरेबाट पहिरोबाट मृत्यु भएका प्रति परिवारलाई एक लाख ५० हजारका दरले छ लाख प्रदान गर्नु भएको हो । यस्तै असार १३ पहिरोले पुरेर निधन भएका गल्याङ २ का एक परिवारलाई ५० हजार प्रदान गर्नु भएको हो । गल्याङको पहिरो पिडीत परिवारलाई केन्द्रबाट पाउने एक लाख असार १९ गते प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले प्रदान गर्नु भएको थियो ।

 मन्त्री चुमानले कालिगण्डकी ४ खहरेको पहिरोको अबलोकन समेत गर्नु भएको थियो ।  राहत प्रदान गर्दै मन्त्री चुमानले पहिरोबाट मृत्यु भएका परिवालाई साहनुभुतिका लागि सानो सहयोग गरेको बताउनुभयो ।  पहिरोबाट मृत्यु तथा बिस्तपितलाई सरकारले पुन स्थापना गर्ने बताउदै मन्त्री चुमानले स्थानिय सरकालाई पिडीत परिवालाई सहयोग गर्न निर्देशन दिनु भएको थियो ।

पहिरोले गर्दा धेरै ठाउँमा क्षति तथा निधन भएको बताउदै मन्त्री चुमानले मानबिय नाताले पिडीत परिवालाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो । कोरोनाको बिपतमा बाडी पहिरोले थप बिपत थपेको बताउदै मन्त्री चुमानले सरकार काम गर्न बनेकाले बिपतको पनि सामना गरेको बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?