दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ६ गते । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुबानले मध्य तराईको वारा, पर्सा रौतहट लगायतका जिल्लाको जनजीवन पनि प्रभावित भएको छ प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिका पनि जलमग्न भएको छ ।
पर्साको जिल्ला प्रशासन कार्यालयमा समेत करिब ३ फिट पानी जमेको छ । बीरगञ्ज महानगरपालिकाको कार्यालय समेत डुबानमा परेको छ त्यस्तैगरी नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय बीरगञ्ज लगायत आदर्शनगर क्षेत्रका करिब एक दर्जन भन्दाबढी बैंकहरु डुबानमा परेका छन् । बर्षाको पानी नाला भएर बग्न नसकी बढी भएर सर्वसाधरणको घर तथा पसलमा समेत पानि पसेको देखिन्छ ।
बीरगञ्ज महानगरपालिकाको कार्यालय डुबानमा परेको छ भने नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय बीरगंज लगायत आदर्शनगर क्षेत्रका दुई दर्जन भन्दाबढि बैंकहरु डुबानमा परेका छन् । अविरल वर्षाका कारण वीरगञ्जकै आदर्श नगर श्रीपुर, जिल्ला प्रशासन कार्यालय, गोश्वारा रोड, पानीट्याङ्की, भिस्वा , प्रगतिनगर लगायतका स्थानमा पानी जमेको हो । समथर जमिन र वर्षाको पानीको उपयुक्त निकासको प्रबन्ध हुन नसक्दा वीरगञ्ज वर्षेनी डुबानमा पर्ने गरेको छ ।
वर्षेनी डुबान प¥यो भने जानकारी गराउदा पनि वीरगञ्ज महानगरपालिकाले समस्या समाधानका लागि कुनै चासो नलिएको स्थानीयको गुनासो छ । घरमा वर्षेनी पानी पस्ने गरेको जिल्ला प्रशासन कार्यालय नजिकै घर भएका किसन साह बताउछन् । ३ अर्ब भन्दाबढिको लागतमा वीरगञ्ज महानगरपालीकाले ढल तथा अन्डरग्राउन्ड नाला निर्माण गरेपनि केही स्थानमा सफल भएपनि प्रभावकारी हुन सकेको छैन । वीरगंजको आदर्शनगर क्षेत्रमा झण्डै ३ फिट भन्दाबढि पानी जम्दा दर्जनौ पसलमा राखिएका सामानहरु डुबानमा परेका छन् साथै लाखौको क्षति भएको ब्यवसायीहरुले बताए ।
यसैगरी, पर्साको सिघांई नदीमा आएको बाढीले पर्सागढी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । अविरल बर्षाको कारण वीरगंज महानगरपालिकाको वडा नम्बर २६ लालपर्सामा भेडियाही नदीको बाढी पस्दा दर्जनौ घरहरु डुवानमा परेको र गाउँ नै जलमग्न आएको स्थानिय बासिन्दाले बताए । अबिरल बर्षाले बीरगंजमा डुबान तथा जिल्लाका बिभिन्न क्षेत्रमा क्षति पुगेको जानकारी आएको हुँदा जिल्ला विपत् व्यवस्थापन समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी हाईएलर्टमा राखेको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले जानकारी दिनु बताउनुभयो ।
त्यस्तैगरी पर्साको ठोरी, उदयपुरघुर्मी लगायतका स्थानमा समेत बाढीले क्षति पुर्याएको छ भने पर्र्सा कै गंगोल नदीमा आएको बाढीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीको अधिकांश क्षेत्र डुवानमा परेको छ ।
यता, भलुवाई खोलामा आएको बाढीले पर्साको पटेर्वा सुगौगी गाउँपालिका वडा नम्बर ५ निचुटाको मोर टोललाई चारै तर्फबाट घेरेपछि १ सय १५ घर परिवार बाढीको विचमा परेको र उद्दारको काम जारी रहेको स्थानीय राजकुमार साहलार्ई उदृत गर्दै स्थानीय प्रशासनले जानकारी दियो । त्यस्तै, सिक्टानदीमा आएको बाढी गाउँमा पस्दा कालिकामाई गाउँपालिका वडा नम्बर १ मुर्ली रवीदास टोलका दर्जनौं घरहरु प्रभावित भएको गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहाले बताउनुभयो ।
त्यसैगरी, पर्साको पोखरीया नगरपालिका वडा नम्बर ७ का एक दर्जन भन्दा बढी घर डुबानमा परेको पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारले बताउनुभयो ।