logo
२०८१ मंसिर १३ बिहीवार



भानु जयन्तीमा सार्वजानिक बिदा, कर्मचारी र जनप्रतिनिधिलाई बिर्खेटोपी अनिवार्य

प्रदेश |


भानु जयन्तीमा सार्वजानिक बिदा, कर्मचारी र जनप्रतिनिधिलाई बिर्खेटोपी अनिवार्य


अमरराज नहर्की

तनहुँ, असार २८ गते । तनहुँको भानु नगरपालिकाले असार २९ गते भानु जयन्तीका दिन सार्वजानिक बिदा दिने निर्णय छ । भानु जयन्ती मनाउनको लागि बिदा दिने निर्णय गरिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । नगरपालिकाले गत वर्ष पनि भानु जयन्तीका दिन नगरपालिका क्षेत्रभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।

तनहुँको भानु नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिहरूलाई अनिवार्य बिर्खेटोपी लगाउनुपर्ने व्यवस्था गरेको छ । गत असार १ गतेदेखि उनीहरूलाई अनिवार्य रुपमा बिर्खेटोपी लगाउनुपर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । भानुभक्तकै नामबाट स्थापित भानु नगरपालिकाले भानुभक्तको सम्झना गराउने उद्देश्यले कर्मचारी र जनप्रतिनिधिहरूलाई अनिवार्य बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेको हो ।

भानु जन्मस्थल समितिविहीन
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घामा भानुभक्तको कृतित्व र व्यक्तित्व विश्वसामु पुर्याउने उद्देश्यले गठित भानु जन्मस्थल विकास समिति यतिबेला पदाधिकारीविहीन बनेको छ । स्थानीय तहहरू गठन भएपछि सो संस्था समितिविहीन बनेको हो ।

यस अघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकको रुपमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई मनोनयन गर्दैआएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले गर्ने काम हेरिरहेको बताइएको छ । नेपाल सरकारसँग समिति गठनका लागि पहिल भइरहेपनि सो पूरा हुन नसकेको भानु नगरपालिका वडा नं. ४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?