logo
२०८१ मंसिर १३ बिहीवार



भैरहवामा छ हजार चार सयको कोरोना परीक्षण

प्रदेश |


भैरहवामा छ हजार चार सयको कोरोना परीक्षण


लक्ष्मण पौडेल
भैरहवा, असार ९ गते । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा अहिलेसम्म छ हजार चार सयको जनाको पीसीआर परीक्षण भएको छ । दैनिक दुई सय जनाको परीक्षण क्षमता रहेको यो प्रयोगशालामा मङ्गलबार बिहानसम्म उक्त सङ्ख्यामा स्वाब परीक्षण भएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्रप्रसाद गिरीले जानकारी दिनुभयो ।
हालसम्म यो प्रयोगशालामा भएको पीसीआर परीक्षणमा एक हजार जनाको नतिजा कोरोना पोजिटिभ आएको र बाँकी सबैको नेगेटिभ आएको उहाँले बताउनुभयो । प्रयोगशालामा अझै एक हजार दुई सय जनाको स्वाव परीक्षणको क्रममा छ । प्रयोगशालाको परीक्षण क्षमता अब दैनिक तीन सय पुर्याउने गरी तयारी भइरहेको गिरीले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?