logo
२०८१ फाल्गुन १७ शनिवार



आगामी वर्षको बजेट ८० प्रतिशत खर्च हुन्छः मन्त्री गुरुङ

प्रदेश |


आगामी वर्षको बजेट ८० प्रतिशत खर्च हुन्छः  मन्त्री गुरुङ



तारा चापागाईं दुबे 
पोखरा, असार २ गते । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष ०७७/०७७ को बजेट ८० प्रतिशत खर्च हुने अनुमान रहेकाे बताउनुभएकाे छ ।   

हिजो गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको लागि ३४ अर्ब ८४ करोडको बजेट सार्वजनिक गर्नुभएको थियो । कुल बजेटमध्ये चालुतर्फ १४ अरब ३४ करोड, पुँजीगततर्फ १९ अरब ९९ करोड र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ ।

बजेटमा केन्द्रित रहेर मङ्गलबार आर्थिक मामिला तथा योजना मन्त्रालयले पोखरामा गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुले चालु वर्ष कोरोना कहरका कारण सरकारले गरेको लक्ष्य अनुसार खर्च नभएको जानकारी दिँदै आगामी वर्षको बजेट ८० प्रतिशत खर्च हुने दाबी गर्नुभएको हो ।

समग्रमा बजेट ७० प्रतिशत माथि खर्च भएको राम्रो मानिन्छ भन्दै उहाँले बजेटमा केही शीर्षकमा रकम खर्च हुन्न भन्ने थाहा हुँदाहुँदै पनि विनियोजन गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?