मदिरा महँगियो, विद्युतीय उपकरण सस्तियो
विश्वास रेग्मी
जेष्ठ १६, २०७८ आईतवार
मदिरा तथा सुर्तीजन्य पदार्थको भाउ बढ्ने भएको छ । सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत यी वस्तुको अन्तःशुल्क वृद्धि गरेको हो । यससँगै मदिरा, बियर, वाइन, चुरोटसहित हल्का पेय पदार्थको मूल्य बढ्नेछ ।
बजेटमा भएका केही घोषणाले निश्चित वस्तुको बजार मूल्य सस्तिने भएको छ । खासगरी रेफ्रिजेरेटर, ग्राइन्डर, राइस कुकर, पङ्खालगायतका वि