कोरोनामा फर्केका पुनः विदेशतिर
सीता शर्मा
फाल्गुन १४, २०७७ शुक्रबार
कोरोना महामारीकै बीचमा स्वदेशमा रोजगारीको अवसर नपाएपछि नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिएका खाडीका मुलुकमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोप लगाउन सुरु भएसँगै रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको हो ।
विशेषगरी नेपालीहरूको रोजाइमा खाडी मुलुक साउदी अरब, संयुक्त अरब इमिरेटस् (यूएई) कुबेत, बहराइन र मलेसिया लगायतका देश पर्ने गरेका छन् ।