दोस्रो लहरसँगै नेपाली श्रमिकको चिन्ता
सीता शर्मा
चैत्र १७, २०७७ मंगलवार
कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्न थालेपछि विश्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकको बारेमा पुनः चिन्ता बढेको छ । नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक मानिएका मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन र दक्षिण कोरियाजस्ता देशमा दोस्रो लहर फैलिन थालेपछि त्रास पनि बढ्न थालेको छ ।
कोरोना सङ्क्रमणकै कारण गत वर्ष आठ÷नौ महिनासम्म पूरै प्रभावित भएको वैदेशिक श्रम बजार हालै मात्र खुलेर गति लिन नपाउँदै...