खाद्यान्नको गुणस्तर मापदण्ड तोकिँदै
सीता शर्मा
श्रावण १६, २०७८ शनिबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम, मह, विभिन्न फलफूूल तथा तरकारीमा जीवनाशक विषादीको अवशेषलगायत थप २५ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, पुुष्टकारी, दालमोट, तेल तथा घिउमा टोटल पोलार मेटेरियल, गुुँदपाकलगायतका १३५ विभिन्न खाद्यवस्तुको गुणस्तर मापदण्ड तोकेको विभागले थप २५ वस्तुको मापदण्ड निर्धारण गर्ने तयारी गरेको हो ।
विभागका महानिर्देशक उपेन्द्र रायले यी वस्तुको गुणस्तर निर्धारण...