श्रम गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्ताव
सीता शर्मा
पुष १६, २०७८ शुक्रबार
नेपाल प्रहरीले नेपाली श्रमिकका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल प्रहरीले श्रम गन्तव्य देशमा रहेका नेपाली श्रमिकलाई समस्यामा परेको बेलामा सहयोग गर्न ती देशका नेपाली दूतावासमा प्रहरी सहचारी नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको हो । प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले नेपाली श्रमिकको सङ्ख्या धेरै रहेका देश संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब,...