कोरोना सङ्क्रमितको सामग्रीमा सावधानी आवश्यक
चाँदनी हमाल
भाद्र ११, २०७७ बिहीबार
काठमाडौँको मैतीदेवीमा एक व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भए । उनलाई अस्पतालको आइसोलेसनमा राख्न लगियो । भित्र रहेका अन्य व्यक्ति १५ दिनको होम क्वारेन्टाइनमा बसिरहे तर व्यक्ति बसेको घर, कोठा र उसले प्रयोग गरेका सरसामान कसरी सङ्क्रमणमुक्त पार्ने भन्ने बारेमा अन्योल देखियो । जसका कारण छरछिमेकसमेत घर नजिक जान डराए । यो मात्र होइन अचेल मास्क लगायत सङ्क्रमित र सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री...