मनसुन सक्रिय, भारी वर्षाको सम्भावना
चाँदनी हमाल
असार २५, २०७७ बिहीबार
यतिबेला तीव्र मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागमाथिको आकाशमा रहेको छ । त्यो रेखा अझमाथि सर्दो क्रममा छ । जसका कारण बिहीबार रातिदेखि एक सातासम्म नेपालमा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस अवधिमा प्रदेश १, २, बाग्मती र गण्डकी क्षेत्रमा यस वर्षकै बढी पानी पर्ने आंँकलन गरिएको छ । “नेपालका धेरैजसो ठाउँमा लगातार वर्षाका साथै खासगरी तराईका केही र पहाडका थोरै स्थानमा अत्यन्त भारी वर्षा...