जनावरलाई कोरोनाबाट जोगाउन सतर्कता
संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित एक पोथी बाघमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएपछि कोरोना मानिसमा मात्र नभई जनावरमा सरेको पुष्टि भएको छ । चार वर्षे मलायन पोथी बाघमा कोरोनाको सङ्क्रमण भेटिएको थियो ।
विदेशमा कोरोनाबाट १४ नेपालीको मृत्यु
कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो
नेपालमा बर्सेनि चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो छ । विगत ११ वर्षे अवधिमा ८२१ जनाको ज्यान गएको छ । अचेल गड्याङगुडुङ गर्दै, बिजुली चम्कँदै, कतै चर्को आवाजसहित ठोक्किएको धेरै सुनिन्छ ।
लकडाउनमा पशुपक्षी भोकभोकै
लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् ।
विदेशमा रहेका नेपाली सुरक्षित
कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान कोरोनाले लिएको छ । त्यस्तै एक लाख ७८ हजार ३५६ जनाले भाइरसलाई जितेर घर फर्किएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)लेअद्यावधिक गरेको छ ।
ज्येष्ठ नागरिकलाई विशेष सुरक्षा
एक सय एक वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे लकडाउनका बेला पनि निकै सक्रिय हुनुुहुन्छ । महाकाव्य ‘ऋतम्भरा’लाई पूर्णता दिन उहाँ कस्सिनुभएको छ । त्यसबाहेक उहाँले फुटकर कविता पनि लेखिरहनुभएको छ ।
गर्भवतीलाई चिकित्सकको सुझाव
कीर्तिपुरकी मुना राउत गर्भवती भएको नौ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उहाँ चिन्तित हुनुहुन्छ । वैशाखको अन्तिम साता सुत्केरी हुने मिति चिकित्सकले दिएका छन् । नौ महिना लागेपछि दिएकोे मितिभन्दा अघि वा पछि जुनसुकै बेला सुत्केरी हुने सम्भावना पनि चिकित्सकले औँल्याएका छन् तर अस्पतालमा सेवा र चिकित्सकको परीक्षण बन्द छ ।
नेपाल लक डाउनको अमेरिकामा प्रशंसा
काम गर्न सक्ने उमेरकी एक छोरी र करिब ११ वर्षका छोराका साथ एक दम्पती गत महिनाको दोस्रो साता संसारकै सपनाको देश अमेरिका उडे । त्यहाँको उन्नतिको चमक देखेर दङ्ग थिए । तर एक्कासि चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड–१९) त्यहाँ पनि देखियो । अमेरिका पुग्दा कोरोना भाइरसको सामना गर्नुपर्ला भन्ने सोच परिवारका सदस्यमा एक प्रतिशत पनि थिएन । यतिबेला अमेरिकामा कोरोनाको कहर कहालिलाग्दो छ । एक लाख चार हजार २५६ बढीमा सङ्क्रमण...
क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपालमा साताव्यापी एकान्त बास चलिरहेको छ । शङ्कास्पद बिरामी भने छुट्टै क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा छन् । आम मानिसले अपनाइरहेको एकान्त बास पनि एक प्रकार पूर्वक्वारेन्टाइन नै हो ।
कोरोनाबाट १९६ देश प्रभावित
कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी कहरले हालसम्म सबैभन्दा धेरै इटली प्रभावित बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९६ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ ।