‘अद्यावधिक नक्सा स्थायी’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारद्वारा हालै जारी गरिएको अद्यावधिक नक्सा स्थायी भएको बताउनुभएको छ । भारतीय मिडिया आजतकलाई शुक्रबार दिनुभएको अन्तर्वार्तामा उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको यो नक्सा परिवर्तन नहुने प्रस्ट पार्नुभयो । उहाँले नेपालको नक्सा अद्यावधिकले भारतसँग हुने वार्तामा कुनै पनि असर नपार्ने प्रतिक्रिया दिनुभयो । जति सक्दो चाँडो कुनै पनि पूर्वाग्रहबिना समस्याको...
म्यानमार र यूएईबाट १९५ जना फर्के
विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धार कार्य शुक्रबारदेखि सुरु भएको छ । कोरोना भाइरस रोग (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी रूपमा चर्किरहेका बेला विभिन्न देशमा अप्ठेरोमा परेका नेपाली नागरिकलाई सरकारले प्राथमिकताका आधारमा उद्धार गरी स्वदेश फर्काउने क्रम सुरु गरेको हो ।
सलह नेपाल आउने सम्भावना न्यून
यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ ।
पारस्परिक सम्मानका आधारमा अघि बढ्छौँ : भारत
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमाक्षेत्रलाई लिएर भारतले आफू पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएको छ । उसले त्यस क्षेत्रमा पछिल्लो समय नेपालले गरिरहेको गतिविधिलाई नजिकबाट नियाली रहेको समेत प्रस्ट पारेको छ ।
लेदोसहितको वर्षा
भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ । जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको छ । विशेषगरी पूर्वी नेपालमा पहेलो कमेरो माटोजस्तो लेदो पानी परेको छ ।
नेपालीलाई स्वदेश ल्याउने तयारी
कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन् तर कति नेपाली ल्याउने भन्ने तथ्याङ्क भने यकिन छैन । दु
जाग्दैछ कोरोना खोपको आशा
कोरोना भाइरस (कोभिड–१९) का निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ ।
नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमाझ पठाइने
नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरेको छ । सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया सुरु गरिसकेको छ ।
सीमासम्बन्धी नेपालको तथ्य प्रमाण बलियो
नेपाल सरकार लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे भारतको जवाफको प्रतीक्षासँगै तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपरेको छ । कूटनीतिक वार्ताबाट समाधान गर्न आग्रह गर्दै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाए लगत्तै तथ्य प्रमाणसहित आफ्नो पक्ष बलियो बनाउन लागिपरेको हो ।
शक्तिशाली अम्पुन चक्रवात आउँदै
बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।