भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख डोज कोभ्याक्सिनप्रदान
रासस / एएनआई
पुष १९, २०७८ सोमबार
भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड–१९ खोप, कोभ्याक्सिनको पाँच लाख डोज प्रदान गरेको छ ।
ट्विटरमा भारत बायोटेकले 'आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिन कोभ्याक्सिनको पाँच लाख डोज सहितको मानवीय सहायताको अर्को शृङ्खला प्रदान गरेको छ । त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्तरण गरिएको छ ।' आगामी सातामा थप ५ लाख डोजको अर्को ब्याच आपूर्ति गरिने पनि जानकारी दिइएको छ ।