राजनीतिक सन्तुलन र स्थायित्व
गोरखापत्र अनलाइन
पुष २६, २०७७ आईतवार
कुनै पनि राजनीतिक शक्ति, पार्टी तथा सरकारलाई बाहिरी राजनीतिक बल लगाउँदा त्यसले आफ्नो अवस्था परिवर्तन गर्दैन अर्थात् ढल्दैन भने त्यसलाई सन्तुलित र स्थायित्व भएको शक्ति, पार्टी तथा सरकार भनिन्छ । वास्तवमा राजनीतिक शक्ति, पार्टी र सरकारको सन्तुलन र स्थायित्व त्यसको आधार भूमिमा निर्भर गर्छ । राजनीतिक शक्ति, पार्टी र सरकारको सन्तुलनको आधार साँघुरो घेराभित्र छ भने त्यो राजनीतिक शक्ति, पार्टी र सरकारको स्थायित्व कम हुन्छ...