logo
२०७९ श्रावण २७ शुक्रवार



राजनीतिक अवरोधविरुद्ध सङ्घर्ष

विचार/दृष्टिकोण |




डा. ज्ञानेन्द्रबहादुर कार्की
राजनीतिक गतिविधिका हरेक पक्षमा विपरीत दिशाबाट अवरोध उत्पन्न हुन्छ । त्यस्तो अवरोधलाई राजनीतिक अवरोधका रूपमा लिन सकिन्छ, जसले राजनीतिक तापशक्ति उत्पन्न गर्छ । कुनै पनि संयन्त्रको कार्यक्षमता सतप्रतिशत हुँदैन, किनकि संयन्त्रमा विविध अवरोधका कारण केही शक्ति नष्ट हुने गर्छ । त्यसैले अवरोध कम भयो भने संयन्त्र अर्थात् राजनीतिक शक्तिको कार्यक्षमता बढी र अवरोध बढी भयो भने कार्यक्षमता कम हुने गर्छ । कार्यक्षमता वृद्धि गर्न संयन्त्रमा आबद्ध जनशक्तिलाई वैचारिक र सैद्धान्तिक रूपमा बलियो बनाई अनुशासित रूपमा अवरोधविरुद्ध सङ्घर्ष गर्न क्रियाशील बनाउनुपर्छ । राजनीतिक शक्तिले पार्टीलाई मुलुकको हितमा आफ्ना सबै संयन्त्रलाई क्रियाशील बनाई जनताको अपेक्षा पूरा गर्न निरन्तर गतिशील बन्नुपर्छ । पार्टीहरूले विशेष जिम्मेवारीसाथ जनतासँग गरिएका वाचा पूरा गर्न कामको भार बढाउँदै सफल बन्ने कार्यदिशालाई अङ्गीकार गर्नुपर्छ ।
वास्तवमा पार्टीमा कामको लोड (भार) बढ्दै जाँदा पार्टीको कार्यक्षमता पनि क्रमशः बढ्दै जान्छ भने कामको भार घट्दै गयो भने कार्यक्षमता पनि घट्दै जान्छ । कार्यक्षमता घट्दै गयो भने पुनः त्यसलाई गतिशील बनाउन माथिल्ला सङ्गठनका संयन्त्र क्रियाशील बनाउनुपर्छ, सङ्गठनमा आबद्ध शक्तिलाई प्रशिक्षित गरी कामको भार बढाउनुपर्छ । काम भएन भने संयन्त्रहरूका पार्टपुर्जामा खिया लाग्ने र जाम भई गतिहीन हुन पुग्छन् । सानातिना संयन्त्रका पार्टपुर्जामा परेको असरलाई सानोतिनो तथा छोटो दूरीको बल प्रयोग गर्दा नै समाधान हुन्छ तर ठूला संयन्त्रका पार्टपुर्जामा परेको असरलाई हटाउन ठूलो तथा लामो दूरीको बल आवश्यकता पर्छ । त्यसैले ठूला संयन्त्रलाई चलायमान बनाउन बलको क्षेत्र विस्तार गरी तल्लो तहदेखि माथिल्लो तहसम्म एकताबद्ध भई बल प्रयोग गरेर गतिशील बनाउनुपर्छ ।
राजनीतिक अवरोध कम गर्न राजनीतिक धरातलको आधारभूमि बलियो तथा चम्किलो बनाई विपरीत शक्तिको बललाई न्यूनीकरण गर्दै जानुपर्छ । कुनै राजनीतिक शक्तिले अन्य राजनीतिक शक्तिसँग प्रतिस्पर्धात्मक रूपमा अगाडि बढ्दा विपरीत दिशाबाट गरिने अवरोध राजनीतिक शक्तिले बनाएको धरातलमा निर्भर गर्छ । देश र जनताप्रति समर्पित भएको राजनीतिक शक्तिमा अवरोध कम हुन्छ, किनकि आफ्नो राजनीतिक धरातललाई समथर बनाउन सधैँ क्रियाशील हुने र जनताको ठूलो शक्तिको साथले सानातिना अवरोध खडा गर्ने शक्तिलाई निस्तेज पारेर अगाडि बढ्न सक्छ । देश र जनताको पक्षमा नभएको राजनीतिक शक्ति जुन जनविरोधी, राष्ट्रियताको पक्षमा कमजोर र भ्रष्टाचारमा लिप्त हुने हुँदा त्यस्तो शक्तिलाई अगाडि बढ्न नसक्नेगरी प्रत्येक पाइला–पाइलामा अवरोध सिर्जना गर्दै सङ्घर्षशील रणनीतिक पार्टी तथा आमजनताले पहलकदमी लिनैपर्छ ।
राजनीतिक अवरोधको नियमअनुसार जब कुनै पनि राजनीतिक शक्ति अर्को विपरीत सोच र विचार भएको राजनीतिक शक्तिसँग सम्पर्कमा आउँछ, त्यहीँबाट राजनीतिक अवरोध एक–आपसमा विपरीत दिशामा खडा हुने गर्छ । जुन राजनीतिक शक्ति आफ्नोविरुद्ध खडा भएको अवरोधलाई परास्त गर्न सफल हुन्छ, त्यो शक्ति नै राजनीतिक सन्तुलन कायम गरी निरन्तर रूपमा अगाडि बढ्न सफल हुने गर्छ । जब देश र जनताविरुद्ध क्रियाशील शक्ति अगाडि बढ्न सक्दैनन् र निष्क्रिय बन्न बाध्य हुन्छन्, त्यहाँ मुलुकप्रति समर्पित राजनीतिक शक्ति राजनीतिक सन्तुलन कायम गर्न सक्षम भएको ठहरिन्छ । देश र जनताको पक्षमा रहेको राजनीतिक शक्तिमा ठूलो शक्ति हुने भएकाले विपरीत राजनीतिक अवरोध सामान्य अर्थात् सीमित हुन्छ र आफ्नो राजनीतिक गतिविधि सहज रूपमा अगाडि बढाउन सक्छ । सीमित राजनीतिक अवरोधको अनुपात दुई राजनीतिक धरातलबीचको सामान्य प्रतिक्रियामा रहेका शक्तिमा निर्भर गर्छ ।
राजनीतिक अवरोधको शक्ति वास्तवमा राजनीतिक शक्तिको कठोरताका कारण हुने गर्छ । राजनीतिक शक्ति देश र जनताको हितमा कठोर हुनुपर्छ र जनसेवामा समर्पित हुनुपर्छ, जसले गर्दा राजनीतिक अवरोधको शक्ति कमजोर हुँदै जान्छ । अधिकतम राजनीतिक अवरोधको शक्तिलाई घटाउन आधारभूमिमा जनधरातल बलियो बनाउनुपर्छ, त्यस्तो शक्तिलाई जनताले नै राजनीतिक अवरोधविरुद्ध शक्ति लगाएर अगाडि बढाउँछन् । राजनीतिक विचार, सिद्धान्त र नीति तथा कार्यक्रमविरुद्ध पनि अवरोध सिर्जना हुने गर्छन्, त्यसैले जनतासँग राजनीतिक शक्ति जोडिएर काम गर्नुपर्छ ।
पार्टीले अङ्गीकार गरेको सिद्धान्त, कार्यदिशा, कार्यनीतिलाई निरन्तर रूपमा परिष्कृत गर्दै गतिशील बनाएर अगाडि बढाउनुपर्छ, त्यसले राजनीतिक अवरोधलाई न्यूनीकरण गर्छ । पार्टी तथा पार्टीमा गोलबन्द भएका विभिन्न तहका नेता तथा कार्यकर्ता पार्टीको नीति तथा सिद्धान्तमा प्रतिबद्ध रहेर देश र जनताको पक्षमा क्रियाशील भएसम्म कुनै अवरोध सामना गर्नुपर्दैन । जब पार्टी तथा पार्टीका नेता तथा कार्याकर्ता स्वार्थमा केन्द्रित भएर विचारलाई लत्याउन थाल्छन्, त्यस अवस्थामा पार्टीमा समस्या सिर्जना हुन्छ र पार्टीभित्रकै अर्को समूहले अवरोध खडा गरेर पार्टीलाई सही दिशामा अगाडि बढाउन प्रयास गर्छन् । विपरीत दिशामा हुने राजनीतिक अवरोध र संघर्षले एकआपसमा एक पक्षले अर्को पक्षलाई पाच्य तथा अपाच्य किसिमको आलोचना तथा आरोप लगाई नङ्ग्याउने प्रयत्न प्रतिस्पर्धात्मक रूपमा चलिरहन्छ । यो अस्वस्थ प्रतिस्पर्धा दुवै पक्षबाट निरन्तर चलिरहन्छ, जबसम्म जनताले आफ्नो जनमतमार्फत टुङ्गो लगाउँदैनन् । जनताद्वारा अनुमोदन र तिरस्कारको परिणामले मात्र आ–आफ्नो हैसियतमा बस्न बाध्य हुन्छन्, त्यसैले जनताको निर्णय गर्ने अधिकारलाई लम्ब्याएर राजनीतिक स्थिरता र शान्तिमा अवरोध पु¥याउनुहुँदैन ।
राजनीतिक पार्टीले जहिले पनि पार्टीभित्र स्थिरता तथा शान्तिका लागि महŒवपूर्ण भूमिका खेल्दै एकताको घेरालाई फराकिलो बनाउनुपर्छ । सैद्धान्तिक र वैचारिक रूपमा पार्टीलाई सुदृढ बनाउँदै पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्ता अनुशासित बनेर देश र जनताप्रति समर्पित भई पार्टीको उज्ज्वल भविष्य निर्माण गर्न सक्नुपर्छ । पार्टीभित्र हुर्कंदै गएका खराब विचार र सोचलाई समयमा नै निस्तेज बनाउन सकिएन र त्यसले प्रश्रय पाउँदै गयो भने पार्टीभित्रै सिर्जना हुने अवरोध र सङ्घर्षले पार्टीमा साना ठूला विग्रह ल्याउने गर्छ । वास्तवमा स्वार्थकेन्द्रित राजनीतिक संस्कार हुर्कंदै जाँदा खराब विचार र सोच झाँगिदै जाने भएकाले सैद्धान्तिक र वैचारिक पक्ष कमजोर भई पार्टी अराजकतातिर मोडिन्छ । एकले अर्कालाई नाङ्गेझार बनाउने रणनीति अख्तियार गरेर विभाजनको रेखालाई गाढा बनाउने र विभाजन हुने अवस्थामा पुग्छन् ।
आपूmलाई जति नै शक्तिशाली साबित गर्न खोजे पनि अन्त्यमा जनताको कठघरामा उभिन बाध्य हुनैपर्छ र जनताले नै अन्तिम पैmसला दिई साइज (हैसियत)मा राख्ने काम गर्छन् । जनताले जनमतमार्पmत नै पार्टीहरूलाई आफ्नो औकात र हैसियत देखाइदिने भएकाले जनताले समयसापेक्ष पार्टीलाई सुध्रिन र सच्चिन अधिकार काँटछाँट गर्ने काम निरन्तर रूपमा गरिरहन्छन् । शक्तिको आडमा जनअधिकारको दुरुपयोग गरेर जनताको अधिकार रक्षा गर्ने निकायलाई प्रभावित बनाउने काम कहीँ कसैले पनि गर्नुहुँदैन, त्यसको परिणाम सकारात्मक नभई नकारात्मक हुने भएकाले आपूmले खनेको खाल्डोमा आफैँ पर्न‘को कुनै विकल्प हुँदैन । राजनीतिमा असल र खराब दुवै किसिमका राजनीतिक शक्तिलाई अवरोध सिर्जना हुन्छ । स्थिरता र शान्ति नचाहने आन्तरिक र बाह्य शक्ति जनतामा स्थापित राजनीतिक शक्तिलाई तहसनहस बनाई अस्थिरता र अशान्ति पैmलाउन विभिन्न किसिमको प्रलोभन देखाउँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा क्रियाशील रहिरहन्छन् । राजनीतिक तरलताको अवस्थामा त्यस्ता शक्ति अझ बढी सक्रिय भई जनताको सपना, आशा र भरोसालाई चकनाचुर पार्न कुनै कसुर बाँकी राख्दैनन् । तिनै शक्तिको गोटी बनेर देश र जनताको भविष्यमाथि खेलवाड गर्ने शक्ति नै जनघाती शक्ति हो, त्यसले कलङ्कको टीका लगाउनैपर्छ । त्यसैले सानातिना अवरोध र समस्यालाई समयमै समाधान गर्दै देश र जनताको हितलाई शिरोधार्य गरी मुलुकलाई सही दिशामा अगाडि बढाउनुपर्छ । भाइ फुटे गँवार लुटे भन्ने उखानलाई मध्यनजर राखेर आपसी कमीकमजोरीलाई आन्तरिक रूपमा समाधान गरी एकताको डोरीलाई कसिलो बनाउनुपर्छ, त्यसैमा सबैको भविष्य सुरक्षित र सुनिश्चित छ ।
(लेखक कार्की अर्थविद् हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?