डा. ज्ञानेन्द्रबहादुर कार्की
राजनीतिक स्थायित्वका लागि एक–आपसमा गरिएको सम्झौता, सहमति, आचारसंहिता, विधि–विधान नै एकीकृत पार्टी तथा मोर्चाको राजनीतिक बन्धन हो । पार्टी तथा सङ्गठनलाई एकीकृत रूपमा अगाडि बढाउन पनि उसको विधि, पद्धति र विधानका आधारमा अगाडि बढेर पार्टी तथा सङ्गठनलाई सुदृढ बनाई स्थायित्व प्रदान गर्नुपर्छ । पार्टी तथा सङ्गठनमा आबद्ध सबैले राजनीतिक बन्धनलाई अक्षरशः पालना गर्न सके भनेमात्र पार्टी तथा सङ्गठनको संस्थागत विकास हुने र संस्थागत रूपमा गतिशील हुने अनुकूल वातावरण बन्छ ।
पार्टी तथा सङ्गठनका मुख्य जिम्मेवार सबैभन्दा उच्च तहमा रहेका नेताहरू हुन् । उनीहरूमा नै सम्झौता, विधि र विधानको पालना गर्र्ने र गराउने प्रमुख दायित्व रहेको हुन्छ । आन्तरिक बन्धनलाई बलियो बनाएर लैजानका लागि एकीकृत पार्टी तथा सङ्गठनका जिम्मेवार नेतृत्वले जिम्मेवारीपूर्ण ढङ्गले बन्धनलाई थप कसिलो बनाउन क्रियाशील भइरहनुपर्छ ।
साथै, पार्टी सदस्यहरूले राजनीतिक बन्धनको अक्षरशः पालना गर्दै पार्टी तथा सङ्गठनमा पाएको जिम्मेवारीलाई इमानदारीसाथ बहन गर्नुपर्छ । राजनीतिक बन्धनको निर्माण गर्दा सदस्यहरूलाई केही कुरामा फाइदा, केही कुरामा बेफाइदा भए पनि साझेदारी गरेर राजनीतिक स्थिरताको बाटो अङ्गीकार गरिन्छ ।
पार्टी तथा सङ्गठनमा सानो शक्ति केन्द्रको निर्माण गरी पार्टी तथा सङ्गठनलाई विधि–विधानअनुसार प्रणालीमा अगाडि बढाउन सधैँ प्रयत्नशील हुनुपर्छ । त्यो शक्तिले राजनीतिक बन्धनमा स्थिरता र विचार तथा पद्धतिमा प्रतिबद्ध बनेर पार्टी तथा सङ्गठनलाई गतिशील बनाई पार्टी तथा सङ्गठनलाई जीवन दिन
सक्षम हुनुपर्छ ।
सङ्गठनलाई बलियो बनाउन विधि र पद्धतिको विकास र कार्यान्वयनलाई सबैले इमानदारीसाथ पालना गरेर राजनीतिक बन्धनमा अन्तरनिहित भएर अगाडि बढ्नुपर्छ । सङ्गठनमा स्वभावैले फरक–फरक विशेषता र क्षमता बोकेका शक्तिहरू क्रियाशील हुन्छन्, ती शक्तिहरूलाई सूत्रबद्ध रूपमा स्वाचालित बनाई बन्धनलाई बलियो बनाउन आपसमा शक्ति बाँडफाँटमा सन्तुलनको नीति लिनुपर्छ । आपसी लेनदेन पारदर्शी र विधि–विधानअनुसार मात्र गर्नुपर्छ, त्यसले सबैलाई अनुशासित र जिम्मेवार बनाउनुको साथै पार्टीको भविष्य पनि उज्ज्वल बनाउँछ ।
पार्टी तथा सङ्गठनमा सामान्यतः विभिन्न तŒवको प्रभावले अन्तरराजनीतिक बन्धनमा समस्याहरू आउने गर्छन् तर नेतृत्वमा दूरदर्शिता र कुशल सङ्गठन कला भए व्यवस्थापनमा समस्या आउँदैनन् । पार्टी तथा सङ्गठनमा कुनै किसिमको बाहिरी प्रभाव नपरेसम्म बन्धनहरू ठोस अवस्थामा रहन्छन् र तरलताको अवस्था आउँदैनन् । साथै, साङ्गठानिक गतिविधिहरू पनि ठोस रूपमा नै अगाडि बढ्छन् ।
यदि पार्टी तथा सङ्गठनमा गर्मागर्मी उच्च भयो भने ठोस अवस्थामा रहेको बन्धनमा तरलता उत्पन्न हुन्छ । परिणामस्वरूप बन्धनले पार्टी तथा सङ्गठनमा भएको गतिविधिलाई नियन्त्रणमा लिन सक्दैन, किनकि गर्मागर्मीको वातावरणले सदस्यहरूबीच प्रचुर मात्रामा गति, शक्ति उत्पन्न हुन्छ र स्वतन्त्र गतिविधिमा क्रियाशील हुने अवस्थासम्म पुग्छ । त्यस्तो अवस्थामा नेतृत्वले वातावरणलाई ठण्डा गर्ने रणनीति अगाडि सार्नुपर्छ, ताकि वातावरण तरलताबाट ठोस अवस्थामा परिणत हुन सकोस् । त्यसैले पार्टी तथा सङ्गठनमा आबद्ध सबैजना ठोस अवस्थामा रहनुपर्छ, जसले गर्दा सानोतिनो गर्मागर्मीले पनि कुनै असर नपारी अझ सशक्त रूपमा अगाडि बढ्न सफलता प्रदान गर्न सकोस् ।
तर, पार्टी तथा सङ्गठनमा खराब तŒवहरू प्रवेश गरी नकारात्मक प्रभाव पारेर ठोस बन्धनमाथि असर पु¥याउने र बन्धनलाई तोड्नेसम्मका गतिविधिहरू पनि गर्छन् । पार्टी तथा सङ्गठनको शक्ति केन्द्र त्यस विषयमा जानकार हुनुपर्छ र समस्यालाई बढ्न नदिईकन समयमा नै समाधान गर्न सक्नुपर्छ । पार्टी तथा सङ्गठनमा तरलताको आवस्था आयो र समयमा नै व्यवस्थापन गर्न सकिएन भने स्वतन्त्र गतिविधि हुने र टुटफुटको अवस्था पनि आउने गर्छ । बन्धनमा बाँधिन सकेन भने विनालगामको घोडाका रूपमा गतिविधि हुन थाल्छन् ।
सङ्गठनमा आपसमा साझेदारीका रूपमा मिलेर काम गर्दा नै आकर्षण शक्ति बढेर जान्छ र पार्टी तथा सङ्गठन बलियो बन्छ । साझेदारीको रणनीतिले पार्टी तथा सङ्गठनमा राजनीतिक बन्धन पनि दिगो र सुदृढ बन्छ । पार्टी तथा सङ्गठनमा हरेक कुरा खुला र पारदर्शी बनाउँदै हरेक निर्णय देश र जनताको हितमा गरेर आमजनतामा पनि उत्साह बढाउनुपर्छ ।
राजनीतिक पार्टीले जनतासँग बन्धनका लागि चुनावी घोषणापत्र अगाडि सार्छन्, जनताले पार्टीको विश्वासनीयता र घोषणापत्रका आधारमा जनप्रतिनिधिलाई मतमार्पmत नेतृत्वमा पु¥याउँछन् । प्रत्येक मतदाताले आफ्नो अमूल्य मतलाई बन्धनको अंशका रूपमा हस्तान्तरण गर्दै जनप्रतिनिधिलाई पार्टी र जनताबीचको मुख्य बन्धनका रूपमा लिएका हुन्छन् ।
सरकारका विभिन्न तहमा जनताले आफ्नो मताधिकारका आधारमा जनप्रतिनिधिको छनोट गरी जनतासँगको सम्बन्ध विकास गर्न र त्यसमार्पmत परिवर्तनका लहरहरूको अपेक्षा पूरा गराउन जनता कटिबद्ध रहेका हुन्छन् । त्यसैले जनप्रतिनिधिले पनि जनता र पार्टीबीचको अन्तरसम्बन्धलाई पुनर्जीवन दिने, जनताको अपेक्षा र पार्टीको कार्यदिशाअनुसार सन्तुलित रूपमा काम गर्ने, देश र जनताप्रति समर्पित भएर जनता र पार्टीको मन जित्ने, परिवर्तनलाई आत्मसात् गरेर अगाडि बढ्ने नेतृत्व क्षमताको विकास गर्नुपर्छ । जनप्रतिनिधिले जनता र पार्टीबीचको बन्धनलाई जीवित राख्दै अनुशासित, नैतिकवान भई इमानदारसँग पार्टी तथा जनताप्रति प्रतिबद्ध भएर राजनीतिलाई सेवाका रूपमा विकास गर्दै दिइएको जिम्मेवारी सफलतापूर्वक पूरा गरी मुलुक र पार्टीलाई अगाडि बढाउनुपर्छ ।
पार्टीबाट समानताको व्यवहार महसुस नगरेसम्म जनता पार्टीप्रति आकर्षित हुँदैनन् र आफ्नो मत पार्टीको प्रस्तावित प्रतिनिधिलाई दिएर शक्तिमा पु¥याउँदैनन् । जनता र पार्टीबीचको सम्बन्ध अर्थात् बन्धन लेनदेनको विश्वासिलो आधारमा मात्र दिगो र सुदृढ बन्छ । त्यसैले पार्टी जहिले पनि देश र जनताप्रति समर्पित भएर जनताको सुख दुःखमा साथ सहयोग दिँदै आमजनताको मन जित्नुपर्छ । जनता जहिले पनि समानताको साझेदारीको पक्षमा रहेका हुन्छन् र पार्टीले समझदारीको उल्लङ्घन नगरेसम्म जनताले कहिल्यै पनि समझदारी तोड्ने काम गर्दैनन् । यी दुई पक्षमा जनता सबैभन्दा इमानदार पक्ष हुन् ।
बन्धनविरुद्ध अन्य शक्तिहरू सक्रिय भई बन्धनलाई जोड्न क्रियाशील हुन्छन् । सामान्यतः बन्धनमा भएको बलले आपसमा बाँधेर ठोस रूपमा राखेको हुन्छ तर राजनीतिक तापमान बढ्ने क्रमसँगै स्वतन्त्र गतिविधि गर्न सक्रिय हुने विशेषताले बन्धनमा तरलता पैदा हुने गर्छ ।
राजनीतिक स्वार्थ बढ्दै जाँदा सम्झौतामा सहभागी शक्तिहरू तरलताको फाइदा उठाउँदै दुई वा दुईभन्दा बढी समूहमा गतिशील बन्छन् र राजनीतिक ताप शक्ति, ध्वनि शक्तिमार्पmत दबाब दिएर आफ्नो पक्षमा शक्तिलाई परिचालन गर्न खोज्छन् । बन्धनमा देखापरेको समस्यामा खेल्न बाह्य शक्तिहरू पनि आ–आप्mनो पक्षमा क्रियाशील भएर लडाउन खोजिरहेका हुन्छन्, कतिपय शक्तिहरू भने सम्झौतामा सहभागीहरूलाई मिलाएर ठोस रूपमा अगाडि बढाउन पनि सक्रिय रूपमा लागिरहेका हुन्छन् । बन्धनको बीचमा राजनीतिक तापमान घटाउन सकियो भने बन्धन पुनः बलियो पनि बन्छ, अन्यथा बन्धन छुट्टिने अवस्थमा पुग्न सक्छ । बन्धनलाई कसिलो बनाउन सानातिना समस्या सिर्जना हुँदा नै समाधानका लागि आन्तरिक रूपमा व्यापक प्रयत्न गर्नुपर्छ ।
दुई वा बहुपक्षबीचमा भएको कतिपय सम्झौता र सहकार्यका लागि समान लगानीका आधारमा बन्धन निर्माण गर्ने कार्य हुन्छ र सहभागी पक्षहरू सबैले समान रूपले फाइदा लिने गर्छन् । त्यस्तो बन्धनलाई तोड्न धेरै शक्तिको आवश्यकता नहुने भएकाले सम्झौताका पक्षधरहरूले इमानदारीसाथ सम्झौताको पालना गर्नुपर्छ ।
त्यस्तो बन्धन सहज विधिबाट बन्छ र अस्थिर रूपमा रहेका शक्तिहरू स्थिर बन्ने गर्छन् । त्यस्तो गठबन्धनबाट बनेको शक्तिले अन्य शक्तिहरूसँग पनि समन्वय गरी नयाँ सम्झौतासहित नयाँ बन्धनमा बाँधिएर शक्तिशाली शक्तिको उदय पनि हुने गर्छ । दोस्रो बन्धनले पहिलो बन्धनलाई बलियो बनाउने काममा महŒवपूर्ण भूमिका पनि खेल्छ । पहिलो बन्धनमा रहेका शक्तिहरू दोस्रो बन्धनबाट अन्य शक्तिमा रूपान्तरण हुनुभन्दा अगाडि एकढिक्का भएर गतिशील हुन्छन् । ती पक्षहरूबीच कमजोर किसिमको बन्धन भए पनि आपसमा नमिले आफ्नो स्वतन्त्र अस्तित्व कायम गर्न सक्दैनन्, त्यसैले स्वतन्त्र अस्तित्व कायम गर्न मिलेर नै बस्छन् अन्यथा अन्य शक्तिसँग मिल्न पुग्छन् ।
अन्तर राजनीतिक बन्धनमा आपसमा लेनदेनको साझेदारी नीति अगाडि सारिन्छ, त्यस किसिमको बन्धनले दुवैमा रहिरहेको अस्थिरता हटाएर स्थिरताको महसुस गराउँछ । पार्टीभित्र राजनीतिक तापमान बढ्दा बन्धन कमजोर हुन्छ भने तापमान घट्दा स्थिर भएर रहन सक्छन् । त्यसैले आन्तरिक बन्धनलाई बलियो बनाउँदै शक्ति सञ्चय गरी शक्तिशाली र गतिशील बनेर मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउनुपर्छ, त्यसैमा नै सबैको भविष्य निर्भर हुन्छ ।
(लेखक अर्थविद् हुनुहुन्छ ।)