नहुँदा चिन्ता, भएपछि बेवास्ता
गोरखापत्र अनलाइन
भाद्र २९, २०७७ सोमबार
नेपाली मिडिया क्षेत्रमा एकपछि अर्को कानुन बन्ने क्रम जारी छ । व्यावहारिक, परिस्थितिले आवश्यक ऐन कानुन बनाइन्छन् । २०४७ सालअघि नेपालमा प्रसारण ऐन थिएन । छापाखाना तथा प्रकाशन ऐन र प्रेस काउन्सिल ऐन मात्रले नेपालका मिडिया चलेका थिए । गोरखापत्र संस्थानको ऐन छ तर त्यसको प्रयोग कति छ ? प्रकाशनमा अवरोध पु¥याउन अरू कानुन प्रयोग हुन्थे, हुँदैछन् ।
निजीक्षेत्रमा रेडियो टेलिभिजन थिएनन् । रेडियो नेपाल मात्रको सञ्चालनका...