संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका
गोरखापत्र अनलाइन
भाद्र २८, २०७८ सोमबार
नेपालका नागरिक मुलुकमा सशक्त प्रतिपक्ष नभएकोमा चिन्तित थिए । मुलुकमा दुई तिहाइको सरकार थियो । स्वाभाविक रूपमा प्रतिपक्षीको सङ्ख्या एक तिहाइभन्दा कम थियो । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस एक्लैका एक चौथाइ सांसद पनि थिएनन् । तथापि काँग्रेसले प्रतिपक्षको भूमिका मात्र निर्वाह गरेन, सरकारको राम्रो काममा समर्थन पनि ग-यो । नागरिकका मुद्दामा आवाज उठायो । निर्मला हत्याकाण्डका दोषीलाई सजाय दिलाउन काँग्रेस सांसदले संसद्मा...