मुलुकले गुमाएको आशलाग्दो व्यक्तित्व
गोरखापत्र अनलाइन
चैत्र १६, २०७७ सोमबार
दुब्लो पातलो शरीर, ख्याउटे अनुहार, चुच्चे नाक, बाक्ला जुँगा अनि शरिमा सधैं सगरमाथा शैलीको कालो भक्तपुरे टोपी । नेपालको लोकतान्त्रिक आन्दोलनमा सधैं काठमाडौंका सडकमा देखिने र आदर गर्नुपर्नेदेखि माया गर्नु पर्नेसम्मका सबैप्रति विनयशील र शालीन व्यक्ति । हो, उही व्यक्ति थियो, जसलाई असमयमै कालले आफ्नो प्रिय बनायो अर्थात नवीन्द्रराज जोशी । नेपाली समाजमा शायद दुनियाँमा नै मानिसले जीवनमा भन्दा मृत्युपछि सम्मान पाउने...