अराजकताको बन्दी बनेको संसद्
गोरखापत्र अनलाइन
माघ ३, २०७८ सोमबार
संसद्मा प्रमुख प्रतिपक्षको भूमिका के हो ? कस्तो रहनुपर्छ ? प्रतिपक्ष यतिबेला के गरिरहेको छ ? आम नागरिकलाई थाहा छ, दुईतिहाइ बहुमतको सरकार केपी ओलीले टिकाउन सक्नुभएन । आफ्नै पार्टी नेताहरूबीच सहकार्य र समन्वय गर्न नसक्दा उहाँको सरकार अन्ततः ढल्यो । ओली नेतृत्वको पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बन्न पुग्यो । त्यसो त, एमाले अध्यक्ष ओलीलाई प्रतिपक्षी नेता हुने चाहना, इच्छा वा रहर केही पनि थिएन । उहाँ छँदाखाँदाको...