राष्ट्रिय अस्मितामाथिको खेलवाड
गोरखापत्र अनलाइन
फाल्गुन ११, २०७७ मंगलवार
सडक, आमसभा अखबार र अन्तर्वार्ताहरूमा दलका माथिल्ला तहका नेताहरूका एक अर्काप्रतिका भद्दा गालीगलौज सुन्नु अचेल नियमित दैनिकीजस्तै भएको छ । मानौँ भद्दा गालीगलौजजन्य अपसंस्कृति नेपाली राजनीतिको विशेषता र परिचायक हो, नेपालको राष्ट्रिय संस्कार र संस्कृति हो, मौलिक पहिचान हो । यस्तो गालीगलौज सर्वसाधारणबीच कुनै आलीबाली वा साँधसर्पन, वस्तुभाउको चर्को बुजो, घरसारको लेनदेन ऐँचोपैँचो वा सरसापट, कुलोपैनी वा पँधेराको पानी...