भाषामा भद्रगोल : नियमन कसले गर्ने !
गोरखापत्र अनलाइन
बैशाख २, २०७८ बिहीबार
कोरोना महामारीको समयमा लकडाउन, आइसोलेसन, होम आइसोलेसन, क्वारेन्टाइनजस्ता थुप्रै अङ्ग्रेजी शब्दले डेरा जमाए । ‘लकडाउन’ शब्दलाई कहिलेकाहीँ ‘बन्दाबन्दी’ भन्नेसम्म सुनियो । अन्यथा अङ्ग्रेजी शब्दको प्रभावले किच्यो तर हामीले यस विषयमा दुःखै मानेनौँ । हुन त हामीसँग बहुभाषिक गरिमाको गौरव छ तर भावनाले पेट भरिँदैन । भाषिक, साँस्कृतिक, सामाजिक आदर्शका हाम्रा सिद्धान्त निकै नै पक्का छन् तर व्यवहारमा कच्चा बनिदिन्छन् ।...