सञ्चारकर्मीलाई नोबेल शान्ति पुरस्कार
गोरखापत्र अनलाइन
कार्तिक १८, २०७८ बिहीबार
नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ आफ्नो अथाह सम्पत्तिबाट अक्षयकोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभयो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्तित्वलाई नोबेल पुरस्कार दिन थालिएको हो । सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फ यो पुरस्कार दिने...