विश्वसम्बन्ध नवीकरणमा बाइडेन
गोरखापत्र अनलाइन
फाल्गुन ६, २०७७ बिहीबार
विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति जोए बाइडेन विश्वसम्बन्ध नवीकरणमा जुट्नुभएको छ । गएको जनवरी २० मा ४६औँ राष्ट्रपतिका रूपमा पदभार सम्हालेयता उहाँले विश्वका अन्य शक्तिशाली मुलुकका समकक्षी नेताहरूसँग संवाद गरी सम्बन्ध सुधार र नवीकरणमा ध्यान केन्द्रित गर्नुभएको छ । विश्वका सबैखाले समस्या संवादबाटै समाधान गर्ने दिशामा उहाँले जोड दिनुभएको छ । कोभिडले ल्याएको विश्वव्यापी आर्थिक सङ्कट, कमजोर...