एसिड आक्रमण र बलात्कार नियन्त्रणमा सक्रियता
गोरखापत्र अनलाइन
आश्विन २९, २०७७ बिहीबार
नेपालमा एसिड आक्रमण, बलात्कार, घरेलु हिंसा, दहेज, छाउपडीजस्ता जघन्य अपराध र सामाजिक विकृतिको नियन्त्रण अपेक्षित रूपमा हुन सकेको छैन । समावेशीकरणको नीति, सामाजिक जागरण र सचेतनाको विकास, लैङ्गिक समानताजस्ता विषयहरूमा संवैधानिक प्रतिबद्धता हुनुको साथै देशका कानुनहरू यसलाई नियन्त्रण र निस्तेज गर्नेसम्बन्धमा बेलाबखत परिमार्जन हुँदै आएका छन् । तथापि यस प्रकृतिका अपराधहरू नियन्त्रण पूर्ण रूपमा हुन सकेका छैनन् । यी...