श्यामप्रसाद मैनाली
नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका लागि धेरै नेपाली सपुतको योगदान छ । राणाको १०४ वर्षे तानाशाहीतन्त्रको समाप्तिका क्रममा चार शहीदले लोकतन्त्रका लागि आफ्नो भौतिक शरीर नै उत्सर्ग गरेको घटनादेखि विभिन्न कालखण्डमा लोकतन्त्रको पक्षमा लड्दा धेरै नेपालीको रगत बगेको छ । ७० वर्षको लोकतान्त्रिक अनुभवले नेपालमा यसको विकासका लागि धेरै काम गर्न बाँकी छ । लोकतन्त्रलाई संस्कार, संस्कृति र मनोवैज्ञानिक रूपमा आत्मसात् गरेको अवस्था हालका समयमा समेत अनुभूति गर्न सकिएको छैन । लोकतन्त्रको व्यावहारिक रूपान्तरणका लागि धेरै काम गर्न बाँकी छ ।
देशको राजनीतिक, सामाजिक आर्थिक क्षेत्रका पात्रको मनोविज्ञान लोकतन्त्रअनुकूल बन्न सकेको छैन । सैद्धान्तिक रूपमा देशले लोकतन्त्र प्राप्त गरेको छ । देशको संविधान र राजनीतिक दलका दस्तावेजमा मात्र लोकतान्त्रिक सिद्धान्तको प्रचुर मात्रामा उल्लेख भएको छ । यद्यपि राजनीतिज्ञमा लोकतन्त्रअनुकूलका व्यवहार र संस्कृतिको विकास अपेक्षित रूपमा हुन सकेको छैन । नेपालीको कार्यशैली र व्यवहारमा सकारात्मक परिवर्तन ल्याई लोकतान्त्रिक संस्कृतिको विकास गर्न आवश्यक छ ।
समग्रमा राष्ट्रको लोकतन्त्रीकरणको अपेक्षा गर्नु अतिशयोक्ति हुनेछ । नेपालको सन्दर्भमा लोकतन्त्रको अनुभूति गर्न केही महìवपूर्ण प्रयास गर्नु आवश्यक छ । लोकतान्त्रिक प्रणालीलाई आत्मसात् गरी यसका प्रक्रियाका बारेमा समेत स्पष्ट गरिनुपर्छ । लोकतान्त्रिक संरचना र संस्थाको विकास र सुदृढीकरणबाट मात्र यो सम्भव हुन्छ । संस्थागत संरचना निर्माण गर्दै आवधिक निर्वाचन गर्दै जानुलाई मात्र लोकतन्त्रको अर्थमा लिइनु हुन्न । सैद्धान्तिक अभिव्यक्ति दिँदै सस्ता नारामा जनतालाई रुमलिने परिस्थिति निर्माण गर्नु लोकतन्त्र होइन । व्यवहारमा नै अन्तर आत्मादेखि लोकतन्त्रको प्रतिफल प्राप्त गर्न सकेको महसुस सर्वसाधारण नागरिकले गर्नुपर्छ ।
लोकतन्त्रको वास्तविकताको अन्वेषण हाम्रो मानसिक र नैतिक रूपान्तरणमा गरिनुपर्छ । भगवान् गौतम बुद्धका उपदेशले सबैमा समान व्यवहार गर्ने, मानव अधिकारको प्रत्याभूति गर्ने, शान्तिपूर्ण जीवन व्यतीत गर्ने सन्देश दिन सफल भएका थिए । मानिसको मनोविज्ञान र नैतिक आचरणमा परिवर्तन गरी ‘वसुधैव कुटुम्बकम्’ को आदर्शमा समाहित गराउन सफल भएका थिए । यस अर्थमा भगवान् बुद्धलाई आधुनिक लोकतन्त्रका प्रणेताका रूपमा चित्रण गर्न सकिन्छ ।
सञ्चार जगत्लाई समाजमा लोकतान्त्रिक प्रक्रियाको अभ्यास गराउने र गर्ने महìवपूर्ण माध्यमका रूपमा अङ्गीकार गरिएको छ । लोकतन्त्रीकरण त्यतिखेर सम्भव हुन्छ जब सर्वसाधारण नागरिकले सबै प्रकारका अधिकारको निर्वाध प्रयोग गर्ने अवसर प्राप्त गर्छन् । सार्वजनिक र व्यक्तिगत जीवन गुणस्तरयुक्त बन्छ । लोकतन्त्रमा सहभागितात्मक क्रियाकलापको अनुभूति गर्न सकिन्छ । जनतामा रहेको सांस्कृतिक र मनोवैज्ञानिक प्रभावलाई सहजै मूर्त रूप दिन सकिन्न ।
खोजमूलक पत्रकारिताले जनताका बीचमा पुगेर सञ्चार जगत्को बहुआयामिक प्रभाव पर्न सकिरहेको दाबी गरिरहँदा समेत यसलाई तथ्यका आधारमा प्रमाणित गर्न सकिएको छैन । विद्वान्हरूले नागरिकको संस्कार र शैलीमा महìवपूर्ण परिवर्तन सञ्चारमाध्यमले नै गराएको महसुस गर्दा यसले निश्चित अवधिमा आएको परिवर्तन र रूपान्तरणको प्रवृत्तिलाई मात्र इङ्गित गर्न सकेका छन् । अनुसन्धानकर्ताले मिश्रित प्रकारका धारणा आफ्ना प्रतिवेदनमा राखेका छन् । समाजसँग पत्रकारिताको माध्यमबाट स्थापित हुने सामाजिक सम्बन्ध पनि जटिल देखिएको छ । यो अमूर्त प्रकारको सम्बन्धलाई प्रभाव पार्न पत्रकारिताले सहायक भूमिका निर्वाह गरेको छ । सामाजिक परिवर्तनका दिशामा सञ्चारमाध्यम मात्र निर्णायक हुन सक्दैनन् । सञ्चार जगत्ले लोकतन्त्रीकरण प्रक्रियामा समाजलाई अघि बढाउन निर्णायक भूमिका निर्वाह गर्न सक्छ ।
समाजमा सञ्चारमाध्यमको बहुआयामिक भूमिका रहन्छ । यसले परिवर्तनका लागि एजेन्डा तयार पार्छ । आफ्ना एजेन्डामा जनसमर्थन जुटाउँछ । आमनागरिकलाई सुसूचित र प्रशिक्षित बनाउँछ । सांस्कृतिक मूल्य मान्यतामा समयसापेक्ष र सुधारका दिशामा परिवर्तन ल्याउने काम गर्छ । आमजनतामा सामाजिकीकरणको भावनाको विकास गर्नेजस्ता महìवपूर्ण क्रियाकलाप गर्छ । यी प्रयासले लोकतान्त्रिक प्रक्रियालाई परिष्कृत र परिमार्जित बनाउन महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
सञ्चारमाध्यमले नैतिक र मानसिक विकासका लागि छलफल, अन्तक्र्रिया, साक्षात्कारलगायतका कार्यलाई निरन्तरता दिँदै आएको छ । किनकि नेपालीले लोकतान्त्रिक अधिकार निर्वाध प्रयोग गर्न नसक्नुका कारण खोजी गर्नुपर्ने अवस्था छ । यसका सम्बन्धित पक्षसँग नागरिकको लगातार सम्पर्कमा रही अर्थपूर्ण अन्तक्र्रिया हुन सकेको छैन । यसको अभावमा नैतिक र मानसिक परिवर्तन सकारात्मक रूपमा हुन सकेन । राजनीतिक नेतृत्व पनि समाजकै उपज भएकाले समाजको नैतिक र मानसिक स्तरभन्दा माथि उठ्न सक्ने
अवस्था रहेन ।
सर्वसाधारण नागरिकको मानसिक र नैतिक धरातलमा परिवर्तन ल्याउन सम्बन्धित पक्षले नीतिनिर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यस प्रक्रियामा सञ्चारमाध्यम उपयोगी हुन सक्छ । सञ्चारमाध्यमले नागरिकमा विश्लेषणात्मक क्षमताको विकास गर्दै तर्कसङ्गत, स्वीकारयोग्य र उपयुक्त प्रकारले निष्कर्षमा पुग्न सक्ने क्षमताको विकास गर्छ । सञ्चारमाध्यमले यसको प्रारम्भिक अवस्थामै सहयोगी भूमिका निर्वाह गर्न सक्छ ।
नागरिकको मानसिक र नैतिक अवस्था कस्तो छ ? लोकतन्त्रलाई जनस्तरमा कसरी उपयोगी बनाउन सकिन्छ ? सामाजिक क्षमताको अभिवृद्धि गर्दै सुसभ्य र सुसंस्कृत हुँदै समृद्धिको दिशामा अघि बढ्न कसरी सम्भव हुन्छ ? यसको समाधानका लागि सञ्चार जगत्ले भूमिका निर्वाह गर्न सक्छ । यस प्रकारको मूल्य, मान्यता र उद्देश्यमूलक धारणाको विकासबाट सामाजीकरण र लोकतन्त्रीकरणको प्रक्रिया सहज बन्छ । यस अवस्थामा राजनीतिज्ञलाई जनताको भलाइका एजेन्डा तय गर्दै आफ्नो राजनीतिलाई परिमार्जन गर्न दबाब सिर्जना हुन्छ ।
जनमानसलाई सुशिक्षित गराउने भूमिकाको निर्वाहसमेत सञ्चारमाध्यमले गर्छ । यसले मानव अधिकारको प्रत्याभूतिका लागि निरन्तर योगदान पु-याइराखेको हुन्छ । पीडितको असल मित्रका रूपमा प्रस्तुत हुन सक्छ । सामाजिक जिम्मेवारीको वहन अर्थपूर्ण र व्यावहारिक तवरले पूरा गर्ने कामसमेत सञ्चारमाध्यमको हो । यसले सीमान्तकृत, कमजोर र पछि परेका वर्गको आवाज मुखरित गराउन योगदान पुग्छ । नेपाली सञ्चारमाध्यमले अब लोकतन्त्र दिगो बनाउन महìवपूर्ण भूमिका खेल्नुपर्ने बेला आएको छ । यसका लागि मानव अधिकारको प्रत्याभूति गराउन निरन्तर लागी पर्दा समाजमा लोकतान्त्रिक संस्कृतिको विकास हुन्छ ।
मानव अधिकारसम्बन्धी शिक्षाबाट सबैले सुसूचित हुने अवसर प्राप्त गरी नेपालमा लोकतन्त्रको विकासका लागि ठूलो योगदान पुग्न सक्छ । सञ्चार जगत्ले प्रवाह गरेको सूचनाले सामाजिकीकरण र एकताको भावनाको विकास मात्र हुने नभई असमानताको निराकरण गर्नसमेत सहयोग पुग्छ ।
लोकतन्त्र आत्मसात् गर्ने विषय मनोवैज्ञानिक र सामाजिक रूपमा समेत जटिल र पर्याप्त ध्यान दिन नसकिएको विषय रहिआएको छ । अहिलेसम्म विकास गरिएका गणितीय तरिकाले सबै विषयको मापन गर्न सकेको छैन । हाम्रा इन्द्रियले यी सबै परिस्थिति कसरी विकास भइराखेको छ वा छैन ? अनुभूति गर्न सक्छ । मानवीयताको सबैभन्दा ठूलो कमजोरी भनेको यसले अर्ध चेतनशील अवस्थामा रहेका जनमानसको अन्तर्दृष्टिको अध्ययन गर्न न्यून प्रयास गर्नु हो । विचार र क्रियाकलापलाई समान रूपमा विकास गर्न नसक्नु हो । यो प्रक्रिया असहज हुन्छ । यो नै मानसिक र नैतिक स्तरको विकासका लागि मुख्य बाधक पनि हो ।
सञ्चारमाध्यम जिम्मेवार बनी सांस्कृतिक र मनोवैज्ञानिक हिसाबले लोकतान्त्रिक प्रक्रियाको विकास गर्न सकारात्मक ढङ्गले प्रस्तुत भई योगदान गर्न सक्नुपर्छ । यसले सतही रूपमा लोकतन्त्रको प्रयोग गर्ने शैलीमा अवरोध सिर्जना गर्दै निरुत्साहित बनाउने कार्य गर्छ । त्यसैले यथार्थमा सञ्चारमाध्यमलाई खोजमूलक र परिश्रमी बनाउनु जरुरी छ । यसलाई सशक्त बनाउनुपर्छ । यसले लोकतान्त्रिक प्रक्रियाको संस्थागत विकासमा अतुलनीय योगदान गर्न सक्छ । पत्रकारितालाई सीमान्तकृत गर्दै कमजोर बनाउने होइन । यसको विकासमा सम्बन्धित सबै क्षेत्रले गम्भीरतापूर्वक सहयोग र सहजीकरण गर्दै अनुकूल वातावरण बनाउनु जरुरी छ ।