नेपाल–बङ्गलादेश आर्थिक सम्बन्ध विस्तार हुँदै
रासस
कार्तिक १७, २०७६ आईतवार
नेपाल र बङ्गलादेशबीच द्विपक्षीय व्यापार, लगानी र उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारित हुँदैछ । नेपालको पूर्व दक्षिणी सिमाना बङ्गलादेशको उत्तरी सीमाबाट मात्र करीब २७ किलोमिटरको दूरीमा रहेको छ । दुई देशबीच स्थल परिवहनबाट सीधा सम्पर्क हुन सके बङ्गलादेश र नेपालबीचको जनस्तरीय सम्बन्धमा कायापलट हुने देखिन्छ ।