स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको ओपिडी सेवा बन्द
गोरखापत्र अनलाइन
माघ ७, २०७८ शुक्रबार
म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएपछि आइतबारदेखि ओपिडी सेवा बन्द हुनेभएको छ । हिमाली जिल्ला म्याग्दीको एक मात्र सरकारी अस्पताल बेनी अस्पतालका १७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बेनी अस्पतालले जनाएको छ ।