फागुले दिने अनुपम सन्देश (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र ३, २०७८ बिहीबार
वसन्त ऋतुको आगमनसँगै रङहरूको चाड फागु अर्थात् होली विशेष रमाइलो देशैभरि आइपुग्छ । फागुन शुक्ल पूर्णिमाका दिन नेपालका पहाडी जिल्लामा यो चाडलाई हर्षोल्लासपूर्वक मनाइन्छ भने यसको भोलिपल्ट फागुन शक्ल प्रतिपदाका दिन तराई क्षेत्रमा यसको अझ विशेष उमङ्ग छाउँछ । नेपालका विभिन्न क्षेत्रमा आफ्नै परम्परा तथा शैली अनुरूप फागुमा बूढा, बालक, युवक, युवती, प्रौढ आदि सबै उमेर समूहका मानिसको सहभागिता हुने गर्छ । फागु सबैको प्यारो...