कोभिड नियन्त्रण गर्न स्वास्थ्यकर्मीको भूमिका उल्लेखनीय
गोरखापत्र अनलाइन
फाल्गुन १६, २०७८ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभएको छ । २४औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको परवाह नगरी कोरोना नियन्त्रणमा खटेकोमा प्रशंसा गर्नुभयो ।