किर्तेगरेको आरोपमा वडाअध्यक्षसहित कार्यालयका अधिकृत पक्राउ
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७८ आइतवार
झापाको गौरादह नगरपालिका ७ का वडाअध्यक्ष बलराम खरेल संगठित अपराध, सरकारी छाप किर्ते तथा ठगी मुद्दामा पक्राउ पर्नुभएको छ । पक्राउ परेका खरेललाई थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।