थुनामा रहेका युवकमा कोरोना, बैतडी प्रहरी कार्यालय सिल
गोरखापत्र अनलाइन
जेष्ठ ९, २०७७ शुक्रबार
जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा २२ दिनदेखि रहेका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय, बैतडी सिल गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि कर्तव्य ज्यान मुद्दामा अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा थिए । हिरासतमा रहेका युवक बैतडीको पहिलो कोरोना सङ्क्रमित बनेका छन् ।