हुम्लामा सङ्कलित २२६ वटै स्वाबको रिपोर्ट नेगेटिभ, स्थानीयमा खुसीयाली
गोरखापत्र अनलाइन
जेष्ठ ७, २०७७ बुधबार
हुम्लाबाट काेराेनाभारइरसकाे पिसिआर विधिबाट परीक्षणका लागि प्रादेशिक अस्पताल, सुर्खेत पठाइएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न क्वारेन्टाइनमा रहँदैआएका व्यक्तिहरूको स्वाब सङ्कलन गरी हवाईजहाजबाट सुर्खेत पठाइएको हो ।