१४ हजारभन्दा बढी क्वारेन्टाइनमा, १९६ जना सङ्क्रमित
गोरखापत्र अनलाइन
जेष्ठ ८, २०७७ बिहीबार
कोरोना सङ्क्रमित अर्का एक व्यक्तिको निधन भएपछि प्रदेश ५ मा उपचारमा अरु बढी सावधानी अपनाउन थालिएको छ । बिहीबार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको निधन भएको थियो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशंकर चौधरीले स्थानीय सरकार, सरोकारवाला, सुरक्षाकर्मीलगायतका सहभागितामा शव व्यवस्थापन गर्ने कार्यविधि...